विराटनगर । पूर्वी नेपालका विद्यार्थीलाई लक्षित गर्दै विराटनगर–४, कञ्चनबारीस्थित आईएसएमटी कलेजले विभिन्न अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रमहरूमा भर्ना आवेदन खुला गरेको छ। गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति र करियरमुखी सिकाइलाई प्राथमिकता दिँदै आएको यस कलेजले बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ सन्डरल्याण्डसँगको सहकार्यमा स्नातक तथा स्नातकोत्तर तहका बेलायती डिग्रीहरू नेपालमै पढाउँदै आएको छ।
कलेजमा हाल सफ्टवेयर इन्जिनियरिङ, नेटवर्किङ, साइबर सुरक्षा, वेब डेभलपमेन्ट, डाटा टेक्नोलोजी र एआई जस्ता आधुनिक विषय समेटिएको बीएससी (अनर्स) कम्प्युटर सिस्टम्स इन्जिनियरिङ (आईटी), साइबर आक्रमणबाट डिजिटल प्रणाली सुरक्षित राख्ने र अपराध अनुसन्धान गर्ने बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फोरेंसिक्स, व्यवस्थापन, मार्केटिङ, वित्त र सञ्चालनसम्बन्धी ज्ञान दिने बीए (अनर्स) बिजनेस एन्ड म्यानेजमेन्ट (बीबीए), पर्यटन तथा होटल व्यवस्थापनमा आधारित बीएससी (अनर्स) इन्टरनेसनल टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) र उच्चस्तरीय नेतृत्व क्षमता अभिवृद्धि गर्ने एमबीए कार्यक्रमहरू सञ्चालनमा छन्। आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक र उद्योगमुखी व्यावहारिक सिकाइमार्फत विद्यार्थीलाई विश्वव्यापी बजारका लागि सक्षम बनाउँदै आएको आईएसएमटी कलेज गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा खोजिरहेका पूर्वी नेपालका विद्यार्थीका लागि प्रमुख शैक्षिक गन्तव्य बनेको छ।