विराटनगर । विराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी मिजाशी उपाध्यायको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। सानै उमेरदेखि संगीतप्रति रुचि राख्दै आएकी मिजाशीले आफ्नो प्रतिभालाई सांगीतिक प्रस्तुतिमार्फत अघि बढाउँदै पहिलो म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
मिजाशीको म्युजिक भिडियो सार्वजनिक भएपछि जेम्स इन्टरनेसनल स्कुलले उनको प्रतिभाको प्रशंसा गर्दै खुसी व्यक्त गरेको छ। विद्यालयले मिजाशीको यस उपलब्धिलाई विद्यार्थीको प्रतिभा र सिर्जनशीलताको उदाहरणका रूपमा लिँदै आगामी सांगीतिक यात्राका लागि शुभकामना दिएको छ।
विद्यालयले अध्ययनसँगै विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै मिजाशीको सांगीतिक यात्राले थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। कक्षा ३ मै अध्ययनरत मिजाशीको पहिलो म्युजिक भिडियो सार्वजनिक हुनुले उनको सांगीतिक क्षेत्रमा अघि बढ्ने रुचि र आत्मविश्वासलाई समेत उजागर गरेको विद्यालयको भनाइ छ।
https://youtu.be/eLzwNKnmnbw?si=Qkn-bUOJUXDW0nVe