प्रहरीसँग भाग्दा घाईते भएका विराटनगर–१४ का बलराम कोइरालाको निधन

<span class='c1'>प्रहरीसँग भाग्दा घाईते भएका विराटनगर–१४</span> <span class='c2'>का बलराम कोइरालाको निधन</span>

विराटनगर । तास खालबाट पक्राउ पर्ने डरले प्रहरी छल्न हामफालेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको निधन भएको छ । प्रहरीले गएराती ११ बजे विराटनगर–६ लालु पासवानको घर नजिकबाट उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो । पासवानको घरमा तास खाल सञ्चालन भइरहेको सूचना पाएको प्रहरी नियमित गस्ती पेट्रोलिङमा त्यहाँ पुगेको थियो । प्रहरी आएको सूचनापछि पासवानको दुईतले घरबाट अर्को घरमा छतमा फाल तोड्दा कोइरालाको हातमा चोट लागेको थियो । अर्का विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको थियो ।

प्रहरीले घाइते दुईजनासहित आठ जनालाई नियन्त्रणमा लिएको थियो । सुरुमा सामान्य अवस्थामा रहेका कोइरालाको हातमा लागेको सामान्य चोटको उपचारपछि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा लगिएको थियो । अर्का घाईते मुखियालाई श्री अस्पतालमा उपचारतः भर्ना गरिएको थियो ।

पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएकोमा कोइराला मंगलबार बिहान ७ः३० बजेतिर अचेत अवस्थामा फेला परेका थिए । त्यसपछि कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोइरालालाई ‘ब्रेनस्टोक’ आशंका गरेपछि आईसियू भएको अस्पताल नोबेल लगिएको थियो । त्यहाँ उपचारतः रहेका बखत ११ बजे उनको मृत्यु भएको चिकित्सकले प्रहरीलाई जानकारी दिएका हुन् ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार हातमा चोट लागेर उपचार गराउन लैजादासम्म सामान्य भएपनि कोइरालालाई माथिबाट हामफाल्दा दखल परेको हुनसक्ने आशंका गरिएको छ । नोबेलबाट शवलाई अब पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याउने तयारी गरिएको छ । प्रहरीले परिवारलाई समेत जानकारी गराएको छ ।

कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको बताइएको छ । उनको पृष्ठभूमिदेखि खानपान र उठबसका विषयमा प्रहरीले बुझिरहेको छ । एसपी कटुवालले कानुन विपरित कार्यमा संलग्न रहिरहेको जानकारी भएपनि प्रहरी देख्दा भाग्ने भन्दा सहजीकरण गर्नुपर्छ भन्ने सोच नहुँदा दुखद् दुर्घटना हुन पुगेको बताएका छन् । उनका अनुसार प्रहरी तास खालसम्म पुग्न नपाउँदै भागदौड मच्चिएको थियो । त्यस क्रममा केहि व्यक्तिहरु भाग्न समेत सफल भएका थिए ।

प्रहरीले घरको कोठासम्म नपुग्दै उनीहरु आफैं भाग्ने हुँदा कोइराला र मुखिया घाईते भएको अवस्थामा उद्धार गरिएको थियो । त्यस क्रममा प्रहरीले मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत पक्राउ परेका थिए । पक्राउ परेका अन्यमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले पक्राउ परेकाहरुको साथबाट तासका साथै ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरिएको जनाएको छ ।

यस्तो जुवा ऐन

नेपालमा जुवा खेल्ने वा खेलाउने कार्य गैरकानूनी मानिन्छ । यसका लागि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा स्पष्ट कानुनी व्यवस्था तथा सजायको प्रावधान गरिएको छ।
जुवातास खेल्ने÷खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । दिनहुँजसो जुवातास खेल्ने तथा खेलाउने पटक पटक पक्राउ पर्दा छुट्टै थप सजायको व्यवस्था छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवाताससम्बन्धी कानुनी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ । सो दफा अनुसार पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ । दोस्रोपटकमा भने एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रोपटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्