विराटनगर । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो देशभर आंशिक बादली भइ मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ ।
तराई भू(भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यता विराटनगरमा भने विहानैदेखी बाक्लो हुस्सुसँगै सित लहर देखिएको छ ।