विराटनगर वार्ड कप ३X३ बास्केटबलको टोली दर्ता खुल्ला, आगामी असोज १७ गते प्रतियोगिता हुने

<span class='c1'>विराटनगर वार्ड कप ३X३ बास्केटबलको टोली दर्ता</span> <span class='c2'>खुल्ला, आगामी असोज १७ गते प्रतियोगिता हुने</span>

विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सञ्चालन हुन गइरहेको 'विराटनगर वार्ड कप ३X३ बास्केटबल प्रतियोगिता २०८३' का लागि टोली दर्ता (Team Registration) खुल्ला गरिएको छ।

आयोजकका अनुसार विराटनगर महानगरपालिकाभित्रका वार्डहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न इच्छुक पुरुष तथा महिला टोलीहरूका लागि असोज १५ गतेसम्म टोली दर्ताको समय सीमा तोकिएको छ। प्रतियोगिता असोज १७ गतेदेखि सञ्चालन हुने तय भएको छ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सम्बन्धित वार्डको स्थायी बासिन्दा हुनुपर्ने र प्रत्येक टोलीमा बढीमा ४ जना खेलाडी रहने व्यवस्था गरिएको छ। टोली दर्ता शुल्क प्रति टोली २,००० रुपियाँ तोकिएको छ।

अघिल्लो संस्करणको छात्रतर्फ वार्ड नं. ११ र छात्रातर्फ वार्ड नं. १२ विजेता बनेका थिए। यस वर्ष पनि विराटनगरका विभिन्न वार्डहरूबीच उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

स्थानिय स्तरमा बास्केटबल खेलको प्रवर्द्धन र युवा प्रतिभाहरूको पहिचानका लागि यो प्रतियोगिता आयोजना गरिँदै आएको एकेडेमीले जनाएको छ। इच्छुक टोलीहरूले सोझै विराटनगर बास्केटबल एकेडेमीमा सम्पर्क गरी आफ्नो दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्