विराटनगर टेबलटेनिस क्लबको आयोजनामा सञ्चालित ‘स्टेलर अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ। विराटनगर–३ स्थित स्टेलर टेबलटेनिस ट्रेनिङ सेन्टरमा आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले कुल पाँच वटा विधामा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज/गर्ल्स (कक्षा ८–१०), सब-जुनियर ब्वाइज/गर्ल्स (कक्षा ७ सम्म) र क्याडेट ब्वाइज सिङ्गल्स (कक्षा ५ सम्म) इभेन्टमा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ।
प्रतियोगिताको नतिजा विवरण:
क्याडेट ब्वाइज सिङ्गल्स: पिटर प्यान प्ले पेन स्कुलका नीरजङ्ग थापा प्रथम र श्री श्री रविशङ्कर स्कुलका रुद्रान्स सुलभ सापकोटा द्वितीय भए। बुढानीलकण्ठ स्कुलका आभाष लामिछाने र कर्तव्य चौधरी संयुक्त रूपमा तृतीय बने।
सब-जुनियर गर्ल्स सिङ्गल्स: बिकेभिएम स्कुलकी रोशिका घिमिरे प्रथम तथा अरनिको स्कुलकी स्वर्णिमा कोइराला द्वितीय भए। अरनिको स्कुलकी साइना अधिकारी र सेन्ट मेरिज स्कुलकी सुमेधा पराजुली संयुक्त रूपमा तृतीय भए।
सब-जुनियर ब्वाइज सिङ्गल्स: डिपीएस विराटनगरका आदर्श गुप्ता प्रथम र श्री जनता नमुना स्कुलका रक्ष बुढा द्वितीय भए। श्री श्री रविशङ्कर स्कुलका आयान बुढाथोकी र सगरमाथा स्कुलका आरोन श्रेष्ठ संयुक्त रूपमा तृतीय बने।
जुनियर गर्ल्स सिङ्गल्स: बुढानीलकण्ठ स्कुलकी मानसी तामाङ प्रथम र सोही स्कुलकी आकृति मगर द्वितीय भए। सेन्ट मेरिज स्कुलकी ऐश्वर्या बस्नेत र मार्टर्स मेमोरियल स्कुलकी मनिषा सिंह संयुक्त रूपमा तृतीय भए।
जुनियर ब्वाइज सिङ्गल्स: मार्टर्स मेमोरियल स्कुलका सक्षम बस्नेत प्रथम तथा डिएभी स्कुलका विवान अग्रवाल द्वितीय भए। बिकेभिएम स्कुलका संस्कार भण्डारी र बुढानीलकण्ठ स्कुलका आयान श्रेष्ठ संयुक्त रूपमा तृतीय बने।
प्रतियोगितामा छात्रतर्फ लिलिपुट स्कुलका आदित्य साह र छात्रातर्फ सेन्ट मेरिज स्कुलकी आकांक्षा आचार्य ‘उदयीमान खेलाडी’ घोषित भए। त्यसैगरी, विराटनगर–४ स्थित ज्ञानसारथी विद्यापीठले ‘अनुशासित विद्यालय’को उपाधि प्राप्त गरेको छ।