टेबल टेनिसमा डीपीएस विराटनगरका आदर्शलाई स्वर्ण

<span class='c1'>टेबल टेनिसमा डीपीएस</span> <span class='c2'>विराटनगरका आदर्शलाई स्वर्ण</span>

विराटनगर। विराटनगरमा सम्पन्न स्टेलर अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता–२०२६ मा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरका कक्षा ६ का विद्यार्थी आदर्श गुप्ताले जुनियर विधामा स्वर्ण पदक जितेका छन्। विराटनगर टेबल टेनिस क्लबको आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गुप्ताले प्रथम स्थान हासिल गरेका हुन्। उनले स्वर्ण पदकसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताका लागि डीपीएस विराटनगरले विद्यार्थी खेलाडीको सहभागिता गराएको थियो। प्रशिक्षकको मार्गदर्शनमा निरन्तर अभ्यास गर्दै आएका गुप्ताले प्रतियोगितामा आत्मविश्वास र उत्कृष्ट खेलकौशल प्रस्तुत गरेका थिए । विद्यालयले उनको सफलताप्रति बधाई दिँदै आगामी खेल यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्