विराटनगर । विराटनगरका युवा गायक शुभम न्यौपानेको पहिलो आधिकारिक म्युजिक भिडियो ‘सधैंभरी’ आज साँझ विराटनगरमा सार्वजनिक हुँदैछ। प्रेम र सम्बन्धको भाव समेटिएको गीतको भिडियोमा दिवस लिम्बू र आँचल ताम्राकारले मोडलका रूपमा अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन मण्डिप शाहले गरेका हुन्।
गीत सार्वजनिक कार्यक्रम विराटनगरस्थित तृष्णा रेस्टुरेन्टमा आज साँझ आयोजना हुँदैछ। आफ्नो पहिलो आधिकारिक म्युजिक भिडियोमार्फत शुभमले संगीत क्षेत्रमा नयाँ यात्राको सुरुवात गर्न लागेका हुन्।
विराटनगरका युवा कलाकारको सिर्जनालाई स्थानीय संगीतप्रेमी तथा दर्शकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। ‘सधैंभरी’ सार्वजनिक भएसँगै शुभमको सांगीतिक यात्राले नयाँ मोड लिने अपेक्षा गरिएको छ।