विराटनगरको जैन भवनमा हुन लागेको विराट ट्रेड फेयरको तयारी तीव्र, स्टल निर्माण धमाधम

<span class='c1'>विराटनगरको जैन भवनमा हुन लागेको विराट ट्रेड</span> <span class='c2'>फेयरको तयारी तीव्र, स्टल निर्माण धमाधम</span>

प्रेम देवान

विराटनगर । विराट व्यापार संघको आयोजनामा आगामी असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरमा आयोजना हुन लागेको ‘विराट ट्रेड फेयर २०८३’ को तयारी तीव्र पारिएको छ । विराटनगर–७ स्थित जैन भवनमा आयोजना हुने व्यापार मेलाका लागि अहिले स्टल निर्माण तथा मेला स्थलको आन्तरिक व्यवस्थापनको काम धमाधम भइरहेको छ ।


‘चाडपर्वको उत्सव, व्यापारको महोत्सव’ भन्ने नारासहित आयोजना गर्न लागिएको मेलालाई दसैं–तिहारको किनमेललाई लक्षित गर्दै अघि बढाइएको हो । विराट ट्रेड फेयर २०८३ का कार्यक्रम संयोजक भवेष पौडेलका अनुसार मेला स्थलमा स्टल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । चाडपर्वका लागि आवश्यक वस्तु तथा सेवाहरू एउटै स्थानमा उपलब्ध गराउने गरी तयारी भइरहेको उनले बताए ।


मेलामा नेपालसहित भारत, पाकिस्तानका व्यवसायी तथा प्रदर्शकका करिब १३० वटा स्टल रहने आयोजकले जनाएको छ । खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामग्री, हार्डवेयर, अटोमोबाइल, फर्निचर, घरायसी सामग्री, कृषि तथा कृषि उत्पादन, हस्तकलाका सामग्रीसँगै बैंक तथा वित्तीय सेवाका स्टल समेत रहेने विराट व्यापार संघका सचिव भोजुप्रसाद निरौलाले जानकारी दिए ।


दसैंको किनमेललाई लक्षित गरी आयोजना गर्न लागिएको मेलामा विभिन्न वस्तु तथा सेवाको प्रदर्शनीसँगै बिक्रीसमेत हुने भएकाले उपभोक्ताले एउटै स्थानबाट आफूलाई आवश्यक सामग्री खरिद गर्न सक्ने आयोजकको अपेक्षा छ । स्थानीय बजारलाई चलायमान बनाउने र चाडपर्वका बेला किनमेलका लागि सीमापारि जोगबनी तथा भारतका अन्य बजार जाने प्रवृत्तिलाई न्यूनीकरण गर्ने उद्देश्यसमेत मेलाले लिएको छ । चाडपर्वमा हुने उपभोक्ताको खर्चको ठूलो हिस्सा स्थानीय बजारमै परिचालन गर्न सके त्यसबाट स्थानीय व्यवसायी र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्