विराटनगरमा पहिलो पटक फोटोग्राफर संघको दुई दिने फोटो–भिडियो एक्स्पो

<span class='c1'>विराटनगरमा पहिलो पटक फोटोग्राफर संघको</span> <span class='c2'>दुई दिने फोटो–भिडियो एक्स्पो</span>

विराटनगर । फोटोग्राफर संघ मोरङले फोटो तथा भिडियो क्षेत्रमा पछिल्लो समय विकसित प्रविधिबारे जानकारी दिने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आयोजना गर्ने भएको छ ।

एक्स्पो भोली असोज १७ र १८ गते विराटनगर बसपार्क उत्तर आरके होटलमा आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिए । संघका अध्यक्ष पुरन राईका अनुसार एक्स्पोमा स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरले खिचेका विभिन्न फोटो तथा भिडियो प्रदर्शनीमा राखिनेछ । नयाँ पुस्तालाई फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रमा भित्रिएका नवीन प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको एक्स्पो संयोजक एकराज श्रेष्ठले बताए ।

एक्स्पो अवधिमा फोटो तथा भिडियो सम्पादन सम्बन्धी तालिमका साथै कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोगसम्बन्धी तालिमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । पछिल्लो समय फोटो तथा भिडियो क्षेत्रमा एआईसहितका नयाँ प्रविधिको प्रयोग बढ्दै गएकाले त्यसबारे व्यावहारिक जानकारी दिने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्