विराटनगरको बीरेन्द्रसभा गृहमा भोलीबाट ‘समर लभ’को मञ्चन हुदै

<span class='c1'>विराटनगरको बीरेन्द्रसभा गृहमा भोलीबाट</span> <span class='c2'>‘समर लभ’को मञ्चन हुदै</span>

विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो ।


दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर थिएटरले जनाएको छ । नाटक मञ्चन हुने सभागृहको स्टेज निर्माण, प्रकाश, ध्वनि तथा अन्य प्राविधिक संरचनाहरु सम्पुर्ण तयार भईसकेको छ ।
कान्तिपुर थिएटरको यो छैटौँ नाट्य प्रस्तुति हो । सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित ‘समर लभ’लाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन् । नाटकले अतीत र सायाको प्रेमकथा, युवा जीवन, सम्बन्ध, भावना तथा विछोडका विभिन्न आयामलाई रंगमञ्चमार्फत प्रस्तुत गर्छ ।
नाटकमा सागर खनालले अतीत शर्मा र बास्ना तिमल्सिनाले साया शाक्यको भूमिका निर्वाह गरेका छन् । त्यस्तै चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन् । उनको भूमिकासहित विनिता गिरी, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईंलगायत कलाकारको अभिनय नाटकमा रहेको छ ।

काठमाडौंमा मञ्चन हुँदा ‘समर लभ’ले दर्शकको उल्लेख्य चासो पाएको थियो । नाटकको सुरुवाती चरणमै धेरै शो अग्रिम बुकिङ भएको समाचारसमेत सार्वजनिक भएको थियो । करिब दुई घण्टाको आसपासको प्रस्तुतिमा संवादसँगै प्रकाश, संगीत र दृश्य संयोजनमार्फत उपन्यासको कथालाई रंगमञ्चमा प्रस्तुत गरिएको छ ।

यसअघि विराटनगरमा कान्तिपुर थिएटरले प्रस्तुत गरेको ‘सेतो धरती’ नाटकलाई दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । त्यसैको निरन्तरताका रूपमा ‘समर लभ’ विराटनगर ल्याउन लागिएको कान्तिपुर थिएरटरका सिईओ प्रकाश पुरीले जानकारी दिए । कान्तिपुर थिएटरले नेपाली रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ समेत विस्तार गर्ने उद्देश्यअनुसार विभिन्न सहरमा आफ्ना प्रस्तुति लैजाने तयारी भईरहेको पुरीले बताए । भोलीबाट मञ्चलन हुन लागेको समर लभ नाटक हेर्नको निम्ती सम्पुर्ण दर्शक महानुभवहरुलाई पुरीले निम्तो समेत दिए ।

विराटनगरमा हुने ‘समर लभ’को प्रत्येक दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी तीन शो हुने आयोजकले जनाएको छ । टिकटको मुल्य ३ सय ५ सय र १ हजार रहेको छ । साथै टिकटको लागि कान्तिपुर थिएटरको वेबसाइटबाट बुक गर्न सकिनेछ । अग्रिम बुकिङ तथा थप जानकारीका लागि ९८०२३५६१११ र ९८०२३५६११३ (ह्वाट्सएप) मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
उपन्यास पढेका पाठकका लागि आफूले कल्पना गरेका पात्र र कथालाई प्रत्यक्ष रंगमञ्चमा हेर्ने अवसरका रूपमा समेत ‘समर लभ’को विराटनगर प्रदर्शनलाई हेरिएको छ । करिब डेढ दशकअघि प्रकाशित उपन्यास अझै पनि युवा पुस्तामाझ परिचित रहेकाले विराटनगरको प्रस्तुतिमा पनि दर्शकको चासो रहने आयोजकको अपेक्षा छ ।
विराटनगरमा मञ्चन हुन गहिरहेको समर लभ नाटकको विराटनगरका लागी आवर विराटनगर (ओवी मिडिया ) अनलाईन मिडिया पार्टनरको रुप रहेको छ ।

अनलाईन बुकिङ्गको लागि : https://www.kantipurtheatre.com/play/summer-love-biratnagar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्