विराटनगरको बगरगाछीबाट बृहत् सरसफाइ अभियान सुरु

<span class='c1'>विराटनगरको बगरगाछीबाट बृहत्</span> <span class='c2'>सरसफाइ अभियान सुरु</span>

विराटनगर । विराटनगर महानगरपालिकाले नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले बृहत् सरसफाइ अभियान सुरु गरेको छ। शनिबार बिहान विराटनगर–धरान सडकखण्डअन्तर्गत बगरगाछीबाट महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा अभियानको सुरुआत गरिएको हो। महानगरले सरसफाइ अभियानलाई औपचारिकतामा सीमित नराखी हरेक साता निरन्तर सञ्चालन गर्ने जनाएको छ। उपप्रमुख कार्कीले ‘सफा विराटनगर, आफ्नो विराटनगर’को संकल्प पूरा गर्न महानगरपालिकाको प्रयास मात्र पर्याप्त नहुने भन्दै नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्।

उनका अनुसार विगतमा महानगरका सम्बन्धित शाखाले सीमित स्रोतसाधनका बीच टुक्राटुक्रा रूपमा सरसफाइ गर्दै आएका कारण त्यसको प्रभाव दीर्घकालीन देखिन सकेको थिएन। एक सातामा करिब एक सय मिटर सडक सफा गर्दा अर्को सातासम्म त्यही स्थानमा पुनः झार उम्रिने अवस्था रहेको उनले बताइन्।
“यसरी काम गर्दा विराटनगर कहिल्यै सफा नहुने भएकाले सबै पक्षलाई एकैपटक सहभागी गराएर बृहत् रूपमा सरसफाइ गर्ने रणनीति बनाएका हौँ,” कार्कीले भनिन्।

उनले अभियान मुख्य सडकका डिभाइडर सफा गर्ने कार्यमा मात्र सीमित नरहने र क्रमशः विराटनगर महानगरपालिकाका सबै क्षेत्रमा विस्तार गरिने बताइन्।
दुई दिनअघि मात्र आकस्मिक छलफल गरेर अभियान सुरु गरिएकाले पहिलो दिन अपेक्षाअनुसार सर्वसाधारणको सहभागिता हुन नसकेको महानगरले जनाएको छ। पहिलो चरणलाई परीक्षणका रूपमा अघि बढाइएकाले अन्य वडाका जनप्रतिनिधिलाई समेत औपचारिक जानकारी नदिइएको उपप्रमुख कार्कीले बताइन्।
अब स्पष्ट कार्यविधि बनाएर जनप्रतिनिधि, स्थानीय संघसंस्था, सुरक्षाकर्मी तथा आम नागरिकलाई अभियानमा विधिवत् रूपमा जोडिने उनले जानकारी दिइन्।
शनिबारको सरसफाइ अभियानमा नेपाल प्रहरी, स्थानीय संघसंस्थाका प्रतिनिधि, महानगरका सफाइकर्मी तथा निजी सरसफाइ संस्थाका कर्मचारी गरी करिब एक सय जना सहभागी भएका थिए।

विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन २०७८ कात्तिक ५ गतेदेखि लागू हुने गरी पाँच वर्षका लागि तीनवटा निजी संस्थासँग सम्झौता गरेको छ। सम्झौताअनुसार नगरको उत्तरी क्षेत्रमा नेपाल फूलबारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस प्रालि, मध्य क्षेत्रमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी क्षेत्रमा सगरमाथा मल्टिपल सर्भिस प्रालिले सरसफाइको जिम्मेवारी सम्हाल्दै आएका छन्।
महानगरको नयाँ अभियानमा यी तीनवटै संस्थाका सरसफाइ टोलीसमेत सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्