डिग्री फुटबल क्लबको जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिता असोज १७ र १८ गते

<span class='c1'>डिग्री फुटबल क्लबको जिल्ला स्तरीय नकआउट फुटसल</span> <span class='c2'>प्रतियोगिता असोज १७ र १८ गते</span>

विराटनगर । डिग्री फुटबल क्लबको आयोजनामा जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता असोज १७ र १८ गते सयश फुटसल एरिनामा आयोजना हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका सेमिफाइनल तथा फाइनल खेल असोज १८ गते हुनेछन्। प्रतियोगितामा जिल्लाका विभिन्न फुटसल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको विशेष अतिथिका रूपमा युवा उद्यमी तथा मिस्टर इन्टरनेसनल नेपाल २०१८ का विजेता साजिद आलम र डिग्री फुटबल क्लबका सचिव धिरज केसीको सहभागिता रहनेछ। त्यस्तै, सयश फुटसल एरिनाका सञ्चालक सर्वेश पोखरेलको पनि कार्यक्रममा उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको कार्यक्रम संयोजकमा अभिषेक धमला रहेका छन्। प्रतियोगिताको फाइनल खेलमा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। यस्तै, युवा नेता तथा सामाजिक अभियन्ता वासिम आलम विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।

प्रतियोगिताको विजेता टोलीले नगद २५ हजार रुपैयाँ तथा उपविजेता टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य जिल्लास्तरमा फुटसल खेलको विकाससँगै युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्