प्राज्ञिक विद्यार्थी परिषद् नेपालको विराटनगर महानगर एकाइको एकदिने प्रशिक्षण वर्ग सम्पन्न

<span class='c1'>प्राज्ञिक विद्यार्थी परिषद् नेपालको विराटनगर महानगर</span> <span class='c2'>एकाइको एकदिने प्रशिक्षण वर्ग सम्पन्न</span>

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल विराटनगर महानगर एकाइ समितिको एकदिने नगर प्रशिक्षण वर्ग विराटनगरस्थित श्री जनता नमुना माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा शैक्षिक र राष्ट्रहितसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण वर्ग आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल सहभागी थिए। कार्यक्रममा कार्यक्रम संयोजक ममता यादवसहित प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल विराटनगर महानगर एकाइ समितिका पदाधिकारी तथा विराटनगरमा रहेका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रशिक्षण वर्गमा विद्यार्थीहरूको भूमिका, नेतृत्व विकास, सामाजिक जिम्मेवारी तथा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्