लायन्स क्लब अफ विराटनगर ग्लोबलको १०औँ पदस्थापन कार्यक्रम सम्पन्न

<span class='c1'>लायन्स क्लब अफ विराटनगर ग्लोबलको</span> <span class='c2'>१०औँ पदस्थापन कार्यक्रम सम्पन्न</span>

विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्लोबलको १०औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म हो’ भन्ने मूल भावनासहित क्लबले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै आगामी कार्यकालमा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
क्लबको नयाँ कार्यकाल जुलाई १ देखि सुरु भएको हो। कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले क्लबका अध्यक्ष अनिल रौनियारसहित नयाँ कार्यसमितिका पदाधिकारीलाई पदस्थापन गराएका थिए।


नयाँ कार्यसमितिको नेतृत्व सम्हाल्दै अध्यक्ष रौनियारले क्लबले विगतदेखि सञ्चालन गर्दै आएका सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई आगामी दिनमा थप विस्तार र व्यवस्थित गर्ने बताए। उनले वर्षभरि निरन्तर र प्रभावकारी सेवामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
क्लबले पछिल्लो समय रक्तदान, वृक्षरोपण, खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सेवा तथा मानव सेवा आश्रममा भोजनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। अध्यक्ष रौनियारले आगामी कार्यकालमा समाजका आवश्यकतामा आधारित सेवाका गतिविधिलाई प्राथमिकतामा राख्दै त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।


उनले क्लबका सदस्यहरूलाई डिष्ट्रिक्टका विभिन्न महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि डिष्ट्रिक्टबाट आवश्यक सल्लाह, सुझाव र मार्गदर्शन प्राप्त हुने अपेक्षा राखे। पदस्थापन समारोहमा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन रमेश खत्री, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन उदय नारायण बराल तथा पूर्व डिस्ट्रिक्ट गभर्नर (PDG)हरू लायन धिराज गुरुङ, लायन बाबरजंग थापा, लायन लिला ढुंगेल, लायन विजयहरि शर्मा र लायन रेवतबहादुर कार्कीको उपस्थिति थियो। कार्यक्रममा लायन्स क्लबका अग्रज, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। नयाँ नेतृत्वसँगै क्लबको सामाजिक तथा मानवीय सेवाको अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्