विराटनगर, असोज १८
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
चार दशकभन्दा लामो समयदेखि काङ्ग्रेस राजनीतिमा सक्रिय अर्यालले आइतबारदेखि प्रारम्भ भएको महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्दै सबैबाट समर्थन र विजयको अपेक्षा राखेका छन्।
अर्याल मोरङ काङ्ग्रेसको दुई कार्यकाल सभापति भएका छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नं. ५ बाट निर्वाचित भई सङ्घीय संसद् पुग्नुभएका अर्याल २०७९ को निर्वाचनमा मोरङ ५ (२) बाट १६ हजार १०२ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका थियो। यसअघि पार्टीको १४औँ महाधिवेशनमा २ हजार ३८९ मत प्राप्त गरी उहाँ केन्द्रीय सदस्यमा निर्वाचित भएका थियो भने २०८२ को विशेष महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा चयन भएका थिए ।
१५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ५ बाट अर्याल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका छन्।