पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना पक्राउ

<span class='c1'>पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर, असोज १९

मोरङको पथरीशनिश्चरेबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

पथरीशनिश्चरे नगरपालिका–१ स्थित एभरेस्ट बोर्डिङ स्कुल नजिकै लागू औषधको सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही वडाका ४० वर्षीय अरुण मण्डल र २९ वर्षीय विवेक धिमाल रहेका छन्। प्रहरीले उनीहरूको जाँच गर्दा साथबाट १.४९ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) फेला पारेको थियो।

लागू औषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्