विराटनगरमा पोडवे निर्माण गर्दा कार्गो पड समेत राख्नुपर्ने उद्योगीको सुझाव

<span class='c1'>विराटनगरमा पोडवे निर्माण गर्दा कार्गो</span> <span class='c2'>पड समेत राख्नुपर्ने उद्योगीको सुझाव</span>

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सार्वजानिक यातायाताको रुपमा लगानी आकर्षित हुँदै गरेको पोडवेलाई छोटो दुरीका लागि मात्रै सञ्चालनमा ल्याउन नहुने सुझाव दिएका छन् । काठमाण्डौं पोडवे कम्पनीले विराटनगरमा पोडवे यातायातमा लगानी गर्ने गरी त्यसको विस्तृत अध्ययनको काम थाल्ने तयारी गरिरहेको बेला यहाँका उद्योगीले यसलाई सकारात्मक भनेका छन् । उद्योगी–व्यवसायीसँग आइतबार कम्पनीले परियोजना बारे प्रारम्भिक छलफल आयोजना गरेर सुझाव मागेको थियो ।

छ अर्ब लागत अनुमान गरेर विराटनगरको रानीदेखि बसपार्कसम्म सात किलोमिटर दुरीमा पहिलो चरणको पाइलट प्रोजेक्टको रुपमा पोडवे यातायातका लागि संरचना निर्माण गर्ने प्रक्रिया थालिएको छ । जसलाई निजी क्षेत्रले स्वागतयोग्य भनेपनि यसको दुरी र पाइलट प्रोजेक्टको लागि स्थान चयन सच्याउन माग गरेका छन् ।
मोरङ उद्योग व्यापार संघको सहजीकरणमा कम्पनीले आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा नेपाल उद्योग परीसंघका अध्यक्ष पवन शारडाले यूरोपियन मापदण्डको प्रविधिमा आधारित पोडवे यातायात संरचना निर्माण गर्दा स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँले सडक पूर्वाधारमा सरकारले लगानी गरिदिएर यातायात व्यवसायीले सवारी सञ्चालन गर्दा समेत घाटा बेहोर्नुपर्ने देशमा आफैं संरचना बनाएर त्यसको लगानी उठाउने कुरा जोखिमपूर्ण हुनसक्ने बताउनुभयो । अध्यक्ष शारडाले यसको कार्य प्रारम्भ गर्दा नै विराटनगरको रानीदेखि धनकुटाको भेडेटारसम्मको दुरीको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पार्न आवश्यक रहेको बताउनुभयो ।

यसैगरी परीसंघका पूर्व अध्यक्ष भीम घिमिरेले रानी–बसपार्कको दुरीमा पोडवेको पाइलट प्रोजेक्ट सञ्चालनमा आउँदा मुनाफा आर्जन कम हुने भएकोले धरानदेखि धनकुटाको भेडेटारसम्मको दुरीमा पहिले काम सिध्याउनु उचित हुने सुझाव दिनुभयो । घिमिरेले रानी–भेडेटारको दुरी ५८ किलोमिटरको डिपीआर तयार गरेर पहिलो चरणको काम धरान–भेडेटार गर्नुपर्ने सुझाव दिनुभयो । त्यसो गर्दा पर्यटकीय हिसाबले थप आकर्षण हुने र पोडवेमा भएको पहिलो चरणको लगानी जोखिम कमहुसक्ने बताउनुभयो ।
काठमाण्डौं पोडवेका उपाध्यक्ष निलराज भट्टराईले पहिलो चरणमा प्रस्तावित सात किलोमिटर दुरीको संरचनाको लागत छ अर्बबाट कम हुनसक्ने बताउनुभयो । उहाँले भारतमा अहिले ‘स्काई बस’ को अवधारणा अगाडी सारिएकोले नेपालभन्दा छिटो त्यहाँ प्रयोगमा आउनसक्ने संभावना रहेको जानकारी दिनुभयो ।

उपाध्यक्ष भट्टराईले प्रविधि आयात गर्नुपर्ने भएपनि संरचना निर्माणमा लाग्ने सामाग्री भने स्थानीय उत्पादन नै प्रयोग हुने बताउनुभयो ।
भट्टराईले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजना भएकोले पहिलो चरणमा विराटनगरको सात किलोमिटरको काम थालेसँगै दोस्रो चरणको काम समेत सुरु हुने बताउनुभयो । उहाँले रानी–धरानको ४२ किलोमिटरको डिपीआर दश महिनाभित्रको अवधीमा सकिने, बाँकी प्रक्रियागत कामको लागि ६ महिना लाग्ने र त्यसपछिका १८ महिना भित्र सात किलोमिटरको काम सम्पन्न हुने दावी गर्नुभयो ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साहले प्रविधिमा आधारित सार्वजानिक यातायात प्रणाली भित्र्याउनु विराटनगरका लागि स्वागतयोग्य कुरा रहेको बताउनुभयो । उहाँले छोटो दुरी मात्रै सोचेर लगानी नगर्नका लागि अनुरोध गर्नुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यात्रु मात्रै नभई कार्गो पड समेतको अवधारणा अगाडी सारे औद्योगिक क्षेत्रका लागि लाभ हुने सुझाव दिनुभयो । राठीले कार्गो पड सञ्चालन गर्दाका लागि त्यसको मालवस्तु अनलोडको सिस्टम समेत सुरुमै विकसित हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्