विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । भारतसँग सीमा नजिक भएको क्षेत्र जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकबाट सोमबार राती गाँजा बरामद भएको हो ।
धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा भेटिएको थियो । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा गाँजा बरामद भएपनि यसको धनी वा संदिग्ध व्यक्ति खुल्न सकेको छैन ।