विराटनगर, असोज २० गते
मोरङको बुढीगंगा गाँउपालिका-२ नहर छेउ स्थितबाट बेवारिसे अवस्थामा भन्सार छलीका अवैध कपडाहरू बरामद गरिएको छ । असोज १९ गते दिउसो प्रादेशिक अनुसन्धान समुह, विराटनगरबाट खटिएको प्रहरी टोलीले नहर छेउमा भन्सार छली अवैध रुपमा ल्याएका करिव ४ लाख रुपैया मुल्य वरावरको बेवारिसे अवस्थामा रहेको बिभिन्न प्रकारका लत्ता कपडाहरू बरामद गरेको हो । बरामद भएका लत्ताकपडाहरु आवश्यक कानूनी कारवाहीको लागी विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।