महिला अधिकारकर्मी तथा अधिवक्ता शोभा बजगाईको निधन

<span class='c1'>महिला अधिकारकर्मी तथा अधिवक्ता</span> <span class='c2'>शोभा बजगाईको निधन</span>

विराटनगर असोज २१ ,

महिला अधिकारकर्मी तथा अधिवक्ता शोभा बजगाईको निधन भएको छ। पछिल्लो एक वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेकी बजगाईको उपचारकै क्रममा निधन भएको हो। मोरङको बेलबारी–३ स्थायी घर भएकी बजगाई पछिल्लो समय इटहरीमा बस्दै आएकी थिइन्। उनी विराटनगरमा विभिन्न सामाजिक अभियान तथा महिला अधिकारका क्षेत्रमा सक्रिय अभियन्ताका रूपमा परिचित थिइन्।

सामाजिक न्याय, महिला अधिकार तथा समुदायका सवालमा आवाज उठाउँदै आएकी बजगाई विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएकी थिइन्। अधिवक्ताका रूपमा कानुनी क्षेत्रमा समेत योगदान पुर्‍याएकी उनको साहित्यमा पनि विशेष रुचि थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्