विराटनगर । गायक शुभम न्यौपानेको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘सधैं भरि’को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतलाई गोविन पुनले रचना तथा संगीतबद्ध गरेका हुन्।
मन्दीप शाहको लेखन तथा निर्देशनमा तयार पारिएको यस भिडियोमा मोडल आंचल ताम्राकार र दिवश लिम्बूको अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन विक्की के. कुर्मी र ऋतिक शाहले गरेका हुन् भने सम्पादनको जिम्मेवारी पनि ऋतिक शाहले नै सम्हालेका छन्। गीतमा लुमन स्थापितको गिटार वादन रहेको छ भने दिनेश श्रेष्ठले मिक्सिङ र मास्टरिङ गरेका हुन्। गायक शुभम न्यौपाने स्वयं निर्माता रहेको यो भिडियोलाई दर्शकहरूले निकै रुचाउने अपेक्षा गरिएको छ।