सुनारको विषयमा अनुसन्धान निकायले नभन्दासम्म प्रतीक्षा गर्छौँ, दोषी देखिए कारबाही हुन्छ : कवीन्द्र बुर्लाकोटी

<span class='c1'>सुनारको विषयमा अनुसन्धान निकायले नभन्दासम्म प्रतीक्षा गर्छौँ,</span> <span class='c2'>दोषी देखिए कारबाही हुन्छ : कवीन्द्र बुर्लाकोटी</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि पार्टीको अनुशासन आयोगले छानबिन सुरु गरेको छ। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सुनारमाथि लागेका आरोपको विषय पार्टीको संयन्त्रमा छलफल भएर अनुशासन आयोगमा गइसकेको बताए। अनुसन्धान पूरा नहुँदासम्म सुनारलाई औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको उनले जानकारी दिए।

उनले भने, ‘अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने, अनुसन्धान गर्ने कुराहरू गर्छ। र, त्यो बेलासम्म, यो अनुसन्धानलाई टुङ्गोमा नपु¥याउँदासम्म यो पदीय र पार्टीको अनुशासनभित्रै रहने गरी खगेन्द्र सुनारज्यूलाई पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन, औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसक्या छ।’

बुर्लाकोटीले छानबिन लामो समय नलम्बिने विश्वास व्यक्त गर्दै अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने बताए। यद्यपि, अनुसन्धानको विषय कति गहिरो छ भन्ने आधारमा समय लाग्न सक्ने उनको भनाइ छ। ‘कति गहिरो छ या सतही मात्रै छ भन्ने कुरा अनुसन्धान गर्दै गएपछि थाहा हुन्छ। यसको मैले यस्तो कुरामा मिति नै तोक्न सक्दिनँ,’ उनले भने।

सुनारसँग सम्बन्धित विषयमा सार्वजनिक भएका सामग्रीको सत्यता जाँच गर्नुपर्ने आवश्यकता रहेको बुर्लाकोटीले बताए। सार्वजनिक भएका भिडियो तथा अडियो वास्तविक हुन् वा नक्कली भन्ने विषयसमेत अनुसन्धानबाट स्पष्ट हुने उनको भनाइ छ। उनले भने,‘जे छानबिन हुनुपर्ने हो, सही छ, गलत छ या केही समस्या छ, समस्या छैन या बाहिर अफवाह मात्रै हो, या त्यो भिडियो, अडियो नक्कली हो या के हो, सत्य हो, जे चिज छ, त्यसको अनुसन्धानमा त जानैप¥यो,’ उनले भने, ‘हामीले नै हेर्नेबित्तिकै थाहा पाउने भए अनुसन्धान नै गर्नु परेन। हाम्रो अनुसन्धान गर्ने निकायले नभन्दासम्म हामी प्रतीक्षा गर्छौँ।’

उनले यो विषय संसदीय गतिविधिभन्दा पार्टीको आन्तरिक अनुशासनसँग सम्बन्धित भएकाले पार्टीको संयन्त्र सक्रिय बनाइएको स्पष्ट पारे। संसदीय गतिविधिको विषयमा संसदीय दल सक्रिय हुने भए पनि पार्टीगत विषयमा पार्टीले नै आवश्यक प्रक्रिया अघि बढाउने उनको भनाइ छ। यसअघि कृष्णकुमार कार्कीको विषयमा पार्टीले जानकारी लिएपछि कारबाही गर्नुपर्ने अवस्था नदेखिएको उनले बताए। तर, सुनारको विषयमा केही प्रमाणसहित सामग्री सार्वजनिक भएकाले त्यसको सत्यता जाँच गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। उनले अनुसन्धानबाट सुनार दोषी देखिए कारबाही हुने स्पष्ट पारे। गल्ती नभएको पुष्टि भएमा भने कारबाही नहुने उनको भनाइ छ। ‘गल्ती छैन भने केही पनि हुँदैन, गल्ती छ भने कारबाही हुन्छ। अहिले भन्ने यत्ति नै हो,’ बुर्लाकोटीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्