रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार

<span class='c1'>रोजाइमा अर्किड फुल,</span> <span class='c2'>चीनमा फस्टायो व्यापार</span>

एजेन्सी । दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको छ । ग्वाङ्दोङ प्रान्तस्थित वेङयुआन काउन्टीमा करिब २ हजार ४ सय हेक्टर क्षेत्रफलमा अर्किड फूलको खेती गरिन्छ।

उक्त क्षेत्रबाट चीनमा उत्पादन हुने चिनियाँ अर्किडको ६० प्रतिशतभन्दा बढी आपूर्ति हुने गरेको छ। अहिले अर्किडका केही प्रजाति बिक्रीको मुख्य सिजन हो । काउन्टीस्थित एक अर्किड खेती फार्मंका कामदारहरू फूलका बिरुवामा पानी हाल्ने, हावाको उचित आवागमन मिलाउने र पातहरू काँटछाँट गर्ने काममा व्यस्त देखिन्छन्। ‘यतिबेला हाम्रो बिक्री तथा ढुवानीको परिमाण अघिल्ला दुई महिनाको तुलनामा एक तिहाइले बढ्नेछ। यस वर्ष केही प्रजातिका अर्किड अत्यन्त राम्रोसँग बिक्री भएका छन्,’ वेङयुआन काउन्टीस्थित अर्किड खेती उद्यमका प्रमुख लिउ युआनले भने ।

काउन्टीमा अर्किडका बिरुवाको टिस्यु कल्चर प्रविधिबाट उत्पादन गर्ने १८ वटा प्रयोगशाला छन्। यहाँ वार्षिक रूपमा ८ करोडभन्दा बढी अर्किडका बिरुवा उत्पादन हुने गरेका छन्। स्थानीय भन्सारको तथ्याङ्कअनुसार, यस वर्षको पहिलो आठ महिनामा उक्त काउन्टीबाट ३६० टनभन्दा बढी अर्किड निर्यात गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्