रतुवामाईका नागरिकलाई जीवन विकास अस्पतालमा ५० प्रतिशतसम्म छुट

<span class='c1'>रतुवामाईका नागरिकलाई जीवन विकास</span> <span class='c2'>अस्पतालमा ५० प्रतिशतसम्म छुट</span>

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका नागरिकले कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। नागरिकलाई सहज, सुलभ र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रतुवामाई नगरपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि यस्तो व्यवस्था गरिएको हो।

असोज २७ गते मंगलबार भएको समझदारीपत्रमा अस्पतालका तर्फबाट प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र नगरपालिकाका तर्फबाट नगर प्रमुख नागेश्वरप्रसाद सिंहले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार रतुवामाई नगरपालिकाका बासिन्दा, स्थानीय तहअन्तर्गतका शिक्षक तथा कर्मचारी, निर्वाचित जनप्रतिनिधि र सम्झौतामा तोकिएका उनीहरूका परिवारका सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा सहुलियत पाउनेछन्। सम्झौताअन्तर्गत बहिरङ्ग सेवा (ओपीडी), आकस्मिक सेवा, बेड, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त सेवा, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआईलगायतका सेवामा तोकिएअनुसार छुट उपलब्ध गराइनेछ।

नगरपालिका र अस्पतालबीचको यो सहकार्यले नागरिकलाई उपचारमा लाग्ने खर्च कम गर्न सहयोग पुग्ने तथा विशेषज्ञ र आधुनिक स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। स्थानीय नागरिकलाई आर्थिक भार कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी गरिएको दुवै पक्षले जनाएका छन्। समझदारीपत्रअनुसार सम्झौता हस्ताक्षर भएको मितिदेखि एक वर्षसम्म यो व्यवस्था लागू हुनेछ। आवश्यकता र आपसी सहमतिका आधारमा सम्झौताको अवधि नवीकरण वा विस्तार गर्न सकिने प्रावधानसमेत राखिएको छ। मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पताल २०० शय्याको अस्पताल हो। अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा केयर सेवा, विशेषज्ञ ओपीडी, अन्तरङ्ग सेवा (आईपीडी), आईसीयू, एनआईसीयू, एचडीसीयू तथा सीसीयू लगायतका स्वास्थ्य सेवा सञ्चालनमा छन्।

अत्याधुनिक अपरेसन थिएटरमार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ। नगरपालिका र अस्पतालबीच भएको यस समझदारीले रतुवामाई क्षेत्रका नागरिकलाई सहुलियतमा स्वास्थ्य उपचार उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्