एनपीएलको तेस्रो संस्करणमा ओमोडा जेइकूको नयाँ भूमिका

<span class='c1'>एनपीएलको तेस्रो संस्करणमा ओमोडा</span> <span class='c2'>जेइकूको नयाँ भूमिका</span>

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा ओमोडा जेइकूको साथ थप बलियो बनेको छ। नेपालमा ओमोडा जेइकू गाडीहरूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिँदै एनपीएल २०२६ मा ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा आबद्ध भएको छ।

सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि प्रतियोगितासँग जोडिएको ओमोडा जेइकू यसअघि ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा रहेको थियो। तेस्रो संस्करणमा भने कम्पनीले प्रायोजनको भूमिका थप विस्तार गर्दै ‘पावर्ड बाइ’ साझेदारी गरेको हो।

ओमोडा जेइकूले एनपीएलमार्फत खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मानसमेत गर्दै आएको छ। प्रतियोगितामा ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित खेलाडीलाई कम्पनीले गाडी प्रदान गर्दै आएको छ। यसले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै प्रतियोगिताको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनपीएलको तेस्रो संस्करण नजिकिँदै गर्दा प्रायोजनको स्तर बढाउनुले नेपाली क्रिकेटप्रति कम्पनीको निरन्तर चासो र प्रतिबद्धता झल्काएको छ। क्यानसँगको सहकार्यबाट नेपाली क्रिकेटको विकास, खेलाडीको प्रतिभा र देशभर क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्ने कम्पनीको लक्ष्य छ।
एनपीएल सिजन–३ मा ओमोडा जेइकूको नयाँ भूमिकाले प्रतियोगिताको उत्साह थप बढाउने र क्रिकेटप्रेमीमाझ ब्रान्डको उपस्थिति अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्