गौरादह–विराटनगर सम्पर्क समाजको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

<span class='c1'>गौरादह–विराटनगर सम्पर्क समाजको शुभकामना</span> <span class='c2'>आदान–प्रदान कार्यक्रम सम्पन्न</span>

विराटनगर । गौरादह–विराटनगर सम्पर्क समाजले आउँदै गरेको विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। समाजले २०८२ असोज २७ गते विराटनगरको बरगाछीस्थित मनास्लु होटलमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा समाजका अध्यक्ष देवी गौतम, उपाध्यक्षहरू त्रिलोचन गौतम, तीर्थराज घिमिरे र मिनु अधिकारी तथा सल्लाहकारहरू इन्द्रबहादुर न्यौपाने, विश्वमोहन थापा र डिल्ली थापालगायतले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए।वक्ताहरूले चाडपर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै समाजका सदस्यबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन समाजका सचिव डिल्ली राम निरौलाले गरेका थिए। कार्यक्रमको व्यवस्थापन समाजका कोषाध्यक्ष दुर्गाप्रसाद खतिवडा, सहसचिव दीपेन्द्र थापा र सदस्य सुमन भट्टराईले गरेका थिए। यसैबीच, समाजले यस वर्षको दीपावलीको अवसरमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको जानकारी गराएको छ। उक्त कार्यक्रमले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्