विराटनगरका टार्जन बुढाथोकीलाई अस्ट्रेलियाको बहुसांस्कृतिक उत्कृष्टता पुरस्कार

<span class='c1'>विराटनगरका टार्जन बुढाथोकीलाई अस्ट्रेलियाको</span> <span class='c2'>बहुसांस्कृतिक उत्कृष्टता पुरस्कार</span>

विराटनगर । विराटनगरका नेपाली युवा उद्यमी टार्जन बुढाथोकी अस्ट्रेलियाको प्रतिष्ठित ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स २०२६’ अन्तर्गत ‘बिजनेस एन्ड इम्प्लोइमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्। अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक निकायले अक्टोबर १४ मा मेलबर्नमा आयोजना गरेको विशेष समारोहमा बुढाथोकीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। व्यवसाय तथा रोजगारीको क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनलाई सम्मान गरिएको हो।

सन् २०१८ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया पुगेका बुढाथोकी हाल भिक्टोरिया राज्यको ब्यालाराटमा मुख्यालय रहेको स्वास्थ्य जनशक्ति कम्पनी ‘बेस्ट नर्सिङ एजेन्सी’का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। उनको नेतृत्वमा कम्पनीले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति व्यवस्थापन तथा रोजगारीका अवसर सिर्जना गर्ने काम गर्दै आएको छ। व्यावसायिक सफलतासँगै बुढाथोकीले प्रवासी समुदायका विद्यार्थीलाई रोजगारी प्राप्त गर्न सहयोग गर्ने, कार्यस्थलमा आफ्ना अधिकारबारे सचेत गराउने तथा मानसिक स्वास्थ्यसम्बन्धी जागरूकता फैलाउने कार्यमा समेत योगदान पुर्‍याउँदै आएका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया पुगेका बुढाथोकीले छोटो समयमै उद्यमशीलता र सामाजिक सेवाका क्षेत्रमा पहिचान बनाउन सफल भएका छन्। उनको यो उपलब्धिलाई नेपाली युवा उद्यमीका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्