नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको नौ दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाइएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई असोज १९ गते क्यानको बोर्ड सदस्यमा मनोनीत गरेको थियो। तर, प्राविधिक कारण देखाउँदै खेलकुद निकायले उनलाई नौ दिनमै उक्त जिम्मेवारीबाट हटाइएको हो।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले गुञ्जनलाई मात्र नभई अन्य खेल संस्थामा मनोनीत भएका व्यक्तिहरूलाई पनि प्राविधिक कारणवश फिर्ता बोलाइएको जानकारी दिनुभएको छ। क्यानको विधानअनुसार राखेपले दुई जना सदस्य मनोनीत गर्न सक्ने व्यवस्था रहे पनि यस नियुक्तिलाई लिएर विभिन्न कोणबाट आलोचना हुँदै आएको थियो।