विराटनगर । विराटनगरको कञ्चनबारीमा रोयल अनलिमिटेड बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएको छ। तीन जना युवाको संयुक्त लगानीमा आजदेखि सञ्चालनमा आएको बफेटमा ७९९ रुपैयाँमै ३० भन्दा बढी प्रकारका खानाका परिकारको स्वाद लिन सकिने सञ्चालकले बताएका छन्।
बफेटका सञ्चालक पप्पु अन्सारीका अनुसार ग्राहकलाई एउटै स्थानमा विभिन्न स्वादका परिकार उपलब्ध गराउने उद्देश्यले बफेट सञ्चालनमा ल्याइएको हो। ग्राहकले निश्चित मूल्यमा विभिन्न परिकारको स्वाद लिन सक्ने उनले बताए।


करिब ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आएको बफेटमा श्याम तिम्सिना, रञ्जनकुमार शाही र पप्पु अन्सारीको संयुक्त लगानी रहेको छ।
रोयल अनलिमिटेड बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा ल्याएका युवाहरू यसअघि पनि खाद्य तथा आतिथ्य सेवासम्बन्धी व्यवसायमा संलग्न रहँदै आएका छन्। उनीहरूले सञ्चालन गर्दै आएको रोयल बिर्यानीका विराटनगरसहित विभिन्न स्थानमा एक दर्जनभन्दा बढी शाखा रहेको जनाइएको छ। विराटनगरमा खाद्य तथा आतिथ्य सेवाको क्षेत्रमा नयाँ व्यवसाय थपिएसँगै ग्राहकले एउटै स्थानमा विभिन्न परिकारको स्वाद लिन पाउने अपेक्षा गरिएको छ।