‘आ बाट आमा २’ आमा र छोराको कथा हो : अभिनेत्री थापा

<span class='c1'>‘आ बाट आमा २’ आमा र</span> <span class='c2'>छोराको कथा हो : अभिनेत्री थापा</span>

काठमाडौँ । अभिनेत्री विपना थापा अभिनित फिल्म ‘आ बाट आमा २’ आजदेखि प्रदर्शन भएको छ । विजय दशमीलाई लक्षित गर्दै आजदेखि प्रदर्शन भएको उक्त फिल्ममा अभिनेत्री थापाले आमाको भूमिका निर्वाह गरेकी छिन् । अभिनेत्री थापाले फिल्म आमा र छोराको कथामा केन्द्रीत रहेको बताएकी छिन् ।

‘फिल्ममा दशैँ प्रसंग बलियो किसिमले राखिएको छ, सोही भएर नै यसलाई अहिले प्रदर्शन गरिएको हो । दशैँको जमरा र आमाको पर्खाइको कथा नै फिल्मको कथासार हो । यो फिल्मले दर्शकलाई भावनात्मक बनाउँछ’, उनले भनिन् । अभिनेत्री थापा कुनै समय नेपाली फिल्ममा बुहारीको भूमिकामा पर्फेक्ट देखिने चर्चा हुन्थ्यो । उनको फिल्मोग्राफी हेर्दा पनि ‘त त साह्रै बिग्रिस नि बद्री’ मा मात्र नकारात्मक भूमिका निर्वाह गरेकी छिन् । त्यसबाहेक उनी सुशील छोरी÷बुहारी कै भूमिकामा थिइन् । विवाहपश्चात फिल्मबाट झन्डै १७ वर्ष लामो विश्राम लिएकी अभिनेत्री थापा ‘ह्रस्व दीर्घ’ मार्फत पुनः अभिनयमा फर्किएकी हुन् । त्यसबाहेक उनले ‘आ बाट आमा’ र ‘आ बाट आमा २’ मा अभिनय गरेकी छिन् । उनी तीन फिल्ममै आमाको भूमिकामा देखिएकी छिन् ।

‘म अहिले नेपाल आएर अभिनय गरेको यो तेस्रो फिल्म प्रदर्शन हुँदैछ । संयोग नै भन्नुपर्छ सबैमा आमा बनेकी छु । मैले निर्वाह गर्नु पर्ने पात्रले फिल्मको कथामा पार्ने प्रभावलाई बुझेर काम गरिरहेकी छु’, उनले भनिन् । चन्द्र पन्तको लेखन तथा निर्देशनमा तयार भएको उक्त फिल्ममा अभिनेत्री थापासँगै पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्