पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

<span class='c1'>पत्रकार किशोर श्रेष्ठविरुद्ध</span> <span class='c2'>साइबर ब्यूरोमा उजुरी</span>

काठमाडौं । कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् ।

शुक्रबार कलाकार पन्तले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी, काठमाडौंमा पुगेर श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै औपचारिक उजुरी दर्ता गराएका हुन् । उजुरी निवेदनमा उल्लेख भएअनुसार, २०८३ असोज २९ गते अनलाइन मिडिया ‘जनआस्था’ तथा सोही सञ्चारमाध्यमका सम्पादक किशोर श्रेष्ठको आधिकारिक फेसबुक प्रोफाइलमार्फत आफ्नो चरित्रहत्या हुने गरी सामग्री सम्प्रेषण गरिएको पन्तको आरोप छ । उक्त अनलाइन तथा फेसबुक पेजबाट ‘कलाकार हिमेश, अरुको जग्गा हडप्नले कस्तो कानुन सिकाउने ?’ भन्ने शीर्षक राखी कपोलकल्पित, भ्रामक, अर्नगल र बदनियतपूर्ण समाचार सामग्री प्रकाशित तथा प्रसारित गरिएको निवेदनमा उल्लेख छ ।

विद्युतीय माध्यममार्फत आफ्नो व्यक्तिगत चरित्रहत्या गर्ने, व्यावसायिक निष्ठामा आघात पुर्याउने तथा राजनीतिक जीवन र छविलाई ध्वस्त पार्ने दुराशययुक्त कार्य भएको भन्दै पन्तले पत्रकार श्रेष्ठलाई आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन् । उक्त उजुरीसँगै पन्तले आवश्यक स्क्रिनसटहरू र नागरिकताको प्रतिलिपि समेत प्रमाणका रूपमा ब्युरोमा पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्