टुँडिखेलमा सम्पन्न भयो फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी

<span class='c1'>टुँडिखेलमा सम्पन्न भयो फूलपाती बढाइँ</span> <span class='c2'>समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित बडादशैँको फूलपातीका अवसरमा शनिबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह २०८३ मा सहभागी भए । नेपाली सेनाद्वारा आयोजित समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपतिसमेत हुन् ।

समारोहका क्रममा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । नेपाली सेनाले विभिन्न सैनिक परेड तथा राइफलबाट लहरे र एकठ्ठा बढाइँका साथै तोपबाट समेत बढाइँ प्रस्तुत गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज शर्मा, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्