विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ।
विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत प्याकुरेल र जयश जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा विराटनगर किंग्सका सहमालिक पारस लुनियाले एनपीएलको तेस्रो सिजनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वीकृति दिएको जानकारी दिँदै यसलाई नेपाली क्रिकेटका लागि खुसीको खबर भएको बताए।
एनपीएलको तेस्रो सिजनले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता प्रदर्शन तथा क्रिकेटप्रतिको आकर्षण बढाउन थप योगदान पुर्याउने अपेक्षा गरिएको छ। विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीचको यो सहकार्यले टोलीको आगामी सिजनको तयारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।