मोरङ जिल्ला बुद्धिचाल छनोट सम्पन्न, पथरीका खेलाडीको दबदबा

<span class='c1'>मोरङ जिल्ला बुद्धिचाल छनोट</span> <span class='c2'>सम्पन्न, पथरीका खेलाडीको दबदबा</span>

विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत कर्णाली प्रदेशमा हुने प्रतियोगिताका लागि मोरङ जिल्ला स्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फ पथरी शनिश्चरेका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्।मोरङको पथरी शनिश्चरेस्थित पञ्चायत माध्यमिक विद्यालयमा असोज ३० र ३१ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ६१ जना खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा महिलातर्फ पाँच चरण र पुरुषतर्फ सात चरणका खेल सञ्चालन गरिएको थियो।

पुरुषतर्फ पथरी शनिश्चरेका तीर्थराज सुब्बा ६ अंकसहित च्याम्पियन बने। समान ६ अंक प्राप्त गरेका पथरीकै कशिव कार्की टाइब्रेकका आधारमा उपविजेता भए। त्यस्तै, अन्तिम चरणमा तीर्थराजसँग बराबरी खेलेका लोकबहादुर साम्बा ५.५ अंकसहित तेस्रो स्थानमा रहे। महिलातर्फ उर्लाबारीकी नुमा सुब्बाले पाँचवटै खेल जित्दै शतप्रतिशत जितका साथ च्याम्पियन बन्न सफल भइन्। बेलबारीकी शान्ति धिमाल चार अंकसहित दोस्रो भइन् भने पथरीस्थित कीर्तिपुर एकेडेमीकी समिरा राई तीन अंकसहित तेस्रो स्थानमा रहिन्।

मोरङ जिल्ला खेलकुद विकास समितिका अनुसार प्रतियोगिताबाट पुरुष र महिलातर्फ शीर्ष तीन–तीन जना गरी कुल ६ जना खेलाडी कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि छनोट भएका छन्। प्रदेश छनोटका लागि पुरुषतर्फ तीर्थराज सुब्बा, कशिव कार्की र लोकबहादुर साम्बा छनोट भएका छन्। त्यस्तै, महिलातर्फ नुमा लिम्बू सुब्बा, शान्ति धिमाल र समिरा राई छनोट भएका छन्। जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले अब प्रदेशस्तरीय छनोटमा मोरङको प्रतिनिधित्व गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्