विराटनगर । गायक सन्देश सुबेदीको स्वरमा रहेको ‘अलि अलि बोल्दैमा’ गीतको म्युजिक भिडियोमा विभिन्न नयाँ कलाकारहरूले डेब्यु गर्ने भएका छन्।
गीतको शब्द, संगीत र स्वर सन्देश सुबेदीको रहेको छ भने गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन्। म्युजिक भिडियोको निर्देशन निश्चल राणाले गर्नेछन् भने क्यामेरा तथा सम्पादनको जिम्मेवारी ऋतिक शाह र एचएस फिल्म्सले सम्हाल्ने जनाइएको छ।
म्युजिक भिडियोमा भाइरल हुड डान्स टिमसँग सहकार्य गरिएको छ। साथै साहिल खान, मनीष कटुवाल, लक्की खवास, बिक्की घिमिरे, प्रदीप सदा तथा अन्य कलाकारहरूको सहभागिता रहनेछ।
भिडियोमा डान्सरहरुका साथै मोडल ग्रेसी मास्के श्रेष्ठले पनि अभिनय गर्नेछिन्। यस म्युजिक भिडियोमार्फत सहभागी कलाकारहरूले आफ्नो सांगीतिक तथा अभिनय यात्रामा नयाँ सुरुवात गर्ने अपेक्षा गरिएको छ।