रंगेलीमा सशस्त्र प्रहरीमाथि हातपात,तीन जना पक्राउ

<span class='c1'>रंगेलीमा सशस्त्र प्रहरीमाथि</span> <span class='c2'>हातपात,तीन जना पक्राउ</span>

विराटनगर । मोरङको रंगेलीमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

रंगेली नगरपालिका–५ स्थित ठाकुर टोलमा मंगलबार राति करिब साढे ११ बजे ५–६ जनाको समूहले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि हातपात गरेको थियो।

घटनाबारे जानकारी प्राप्त भएपछि कात्तिक ४ गते बिहान इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी आँपगाछीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा प्रहरीले विशालकुमार सरदार, विकास सरदार र सर्जु सरदारलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्