विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित पञ्चमुखी चोकमा कात्तिक २१ गते सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। पञ्चमुखी युवा समूहको आयोजनामा हुन लागेको कार्यक्रमको यो तेस्रो संस्करण हो। कार्यक्रम दिउँसो ४ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा चर्चित गायिका एलिना चौहान, गायक महेश काफ्ले, द स्मृति ब्यान्ड, सन्देश सुवेदी, भायरलहुड डान्स समूह, ९०'s ब्यान्ड र रविन भुजेललगायतका कलाकारले प्रस्तुति दिनेछन्।
सांगीतिक प्रस्तुति तथा नृत्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी दर्शकमध्ये भाग्यशाली विजेताले खसी, टेलिभिजन, मोबाइल फोन र ग्यास चुलोलगायतका आकर्षक उपहारसमेत जित्न सक्नेछन्।
स्थानीयस्तरमा सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा विराटनगरसहित आसपासका क्षेत्रबाट समेत दर्शकको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ।