इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।