इलाम। इलामको देउमाई नगरपालिका–१ चमैतामा आज विहान बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युु भएको छ ।
विहान यात्रुु लिन गाउँतर्फ जाँदै गरेको मे १ ज ३०४० नम्बरको बोलेरो जीप अनियन्त्रित भएर दुर्घटना हुँदा जीप चालक देउमाई नगरपालिका–१ का २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जीप सडकमा अनियन्त्रित भई सडक नालीमा दुर्घटना भएको इलामका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुुभयो ।