मनोज खत्री मृत्यु प्रकरण : घटनास्थलबाट २ सय मिटर पर भेटियो स्कुटी, युवतीमाथि अनुसन्धान जारी

<span class='c1'>मनोज खत्री मृत्यु प्रकरण : घटनास्थलबाट २ सय</span> <span class='c2'>मिटर पर भेटियो स्कुटी, युवतीमाथि अनुसन्धान जारी</span>

विराटनगर । विराटनगरमा चर्चित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ । मोरङको केराबारी–९ स्थित धारापानी जंगलमा झुण्डिएको अवस्थामा फेला परेका ५१ वर्षीय खत्रीले प्रयोग गर्दै आएको स्कुटी शव भेटिएको स्थानबाट करिब २ सय मिटर पर एकान्त जंगलमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–३ निवासी खत्री गत शनिबार अपराह्न करिब ३ बजे जंगलमा मृत अवस्थामा फेला परेका थिए। उनको शव फेला परे पनि आफूले प्रयोग गर्दै आएको स्कुटी नभेटिएपछि प्रहरीले आसपासको जंगल क्षेत्रमा खोजी तीव्र पारेको थियो। खोजीका क्रममा घटनास्थलबाट करिब २ सय मिटर पर स्कुटी फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रवक्ता मिश्रका अनुसार खत्री गत कात्तिक ६ गते शुक्रबार घरबाट आफूले प्रयोग गर्दै आएको स्कुटी लिएर निस्किएका थिए । शव फेला परेको स्थानमा स्कुटी नभेटिनुले अनुसन्धानमा थप चासो बढाएको थियो। त्यसपछि प्रहरीले शव भेटिएको जंगलवरपर खोजी गर्दा एकान्त स्थानमा लुकाएर राखिएको अवस्थामा स्कुटी फेला पारेको हो।

प्रहरी स्रोतका अनुसार शव र स्कुटी फरक–फरक स्थानमा भेटिएकाले खत्रीको पहिचान र घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको छ। यद्यपि, स्कुटी फरक स्थानमा राख्नुको कारण र त्यसमा कसैको संलग्नता रहे–नरहेको विषयमा प्रहरीले औपचारिक निष्कर्ष सार्वजनिक गरिसकेको छैन। यसैबीच, मृतकका भाइले दिएको जाहेरीका आधारमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। झापा घर भई हाल विराटनगर महानगरपालिका–७ मा बस्दै आएकी २७ वर्षीया इन्दु भनिने खिलिना दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनी विगत चार–पाँच वर्षदेखि पिजफायर रेस्टुरेन्टको हिसाबकिताब सम्हाल्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दाहालमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिगत सम्बन्ध, आर्थिक कारोबारलगायत पक्षलाई सम्भावित कारणका रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।विराटनगरमा परिचित रेस्टुरेन्ट व्यवसायी खत्रीको मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। व्यक्तिगत सम्बन्ध र आर्थिक कारोबारसँगै अन्य सम्भावित कारणबारे हुन सक्ने आशका गर्दै अनुसन्धानलाई अगाडी बढाई रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्