एनपीएल क्रिकेट : लुम्बिनीको सानदार सुरुआत

<span class='c1'>एनपीएल क्रिकेट :</span> <span class='c2'>लुम्बिनीको सानदार सुरुआत</span>

काठमाडौं । लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुआत गरेको छ ।

जितका लागि पाएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो । जसमा डार्सी सर्टले सर्वाधिक ४० र आसिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए । यसअघि गत संस्करणको फाइनलमा पनि लुम्बिनीसँग सुदूरपश्चिम हारेको थियो ।

प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा मध्याह्न १२ बजे विराटनगर किङ्स र चितवन राइनोज तथा दोस्रोमा बेलुका ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्