विराटनगर, कार्तिक १० ,
विराटनगरमा पहिलो पटक विशेष सांगीतिक उत्सवका रूपमा ‘गज्ल इभिनिङ’आयोजना हुने भएको छ।
एयरपोर्ट मोड स्थित ‘द कुस गार्डेन’ रेस्टुरेन्ट को प्रांगणमा आयोजना हुने यस सुरीलो साँझमा इन्द्रेणी गजल ब्यान्ड को विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा विशेष गरी १९९० को दशकका लोकप्रिय नेपाली तथा बलिउड गीतहरूका पुराना र कर्णप्रिय धुनहरू सुन्न पाइनेछ।
आयोजकका अनुसार नोभेम्बर ६ (कार्तिक २० गते) साँझ आयोजना हुने यस जादुमय सांगीतिक रात्रीले विराटनगरका संगीतप्रेमीहरूलाई पुरानो सुमधुर दिनहरूको याद दिलाउनेछ। बगैँचाको शान्त र रमणीय वातावरणमा पुराना धुनहरूसँगै सांगीतिक आनन्द लिन पाइने यस कार्यक्रमलाई विराटनगरमै पहिलो पटक भव्य रूपमा प्रस्तुत गर्न लागिएको हो।
कार्यक्रममा सिट संख्या सीमित रहेको हुनाले इच्छुक दर्शकहरूलाई यथाशीघ्र टिकट बुकिङ गर्न आयोजकले आग्रह गरेका छन्।