अस्थायी अनुमति लिएर व्यक्तिगत प्रयोग भइरहेका भारतीय सवारीमा प्रशासनको निगरानी

<span class='c1'>अस्थायी अनुमति लिएर व्यक्तिगत प्रयोग</span> <span class='c2'>भइरहेका भारतीय सवारीमा प्रशासनको निगरानी</span>

विराटनगर । भारतबाट भन्सार सुविधामा भित्र्याइएका सवारी व्यक्तिगत प्रयोजनमा प्रयोग बढ्दा सीमा क्षेत्रबाट हुने अवैध कारोबार तथा अपराध नियन्त्रणमा चुनौती बनेको छ । खुल्ला सीमा क्षेत्र भएको मोरङमा भारतीय नम्बर प्लेटका साना सवारीको संख्या बढिरहेकोले सुरक्षासँगै राजस्व असुलीमा समेत चुनौती बनेको दावी गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङका प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार मोरङमा मात्रै यसरी भन्सार सुविधामा भित्र्याएर व्यक्तिगत प्रयोग भइरहेका सवारीको संख्या ६०० को हाराहारीमा रहेका छन् । जुन खुल्ला सीमानाकाबाट हुने अवैध कारोबारका लागि मात्रै नभई लागुऔषध ओसारपसारका लागि समेत चुनौती बनिरहेको दावी छ ।
भारतीय नम्बर प्लेट भएका सवारी नेपाल प्रवेश गरेर सञ्चालनमा आउँदा तीन तहका सरकारका लागि राजस्वको स्रोत बन्ने गरेको छ । जसमा पहिलो चरणमा भन्सार कार्यालयबाट सवारी साधनको अस्थायी प्रठारी अनुमति पत्र (सुविधा) लिनुपर्ने हुन्छ । यसैगरी स्थानीय तहले विदेशी सवारी साधनमा पूर्वाधार उपयोग सेवा शुल्क वापत दस्तुर लिन्छन् । त्यस बाहेक प्रदेश सरकारले समेत रुट पर्मिट शुल्क लिने गरेका छन् ।

तर, राजस्वको सहज स्रोत भएपनि यसको प्रयोग प्रयोजन फरक ढंगबाट हुदाँदुरुपयोग बढेको सुरक्षा संयन्त्रको बुझाई छ । भारतीय पर्यटक वा तिर्थयात्रीहरुलाई सहज रुपमा आउन मात्रै यसको अनुमति दिनुपर्नेमा सीमा क्षेत्रका नागरिक भारतीय नम्बर प्लेट भएका सवारीको धनी भएपछि यसलाई बहुपक्षीय दृष्टिकोणबाटै कडाई गर्नुपर्ने आवाज उठ्न थालको हो । त्यस बाहेक औद्योगिक र व्यवसायिक वस्तु बोकेर आएका मालवहाक सवारीले पालना गर्नुपर्ने नियम नै अन्य साना सवारीका लागि समेत लगाउन जरुरी रहेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले भन्सार सुविधामा प्रवेश हुने गाडीहरु व्यक्तिगत प्रयोजनका लागि नेपालमै राखेर प्रयोग गर्ने कार्य रोक्न जरुरी भइसकेको बताउँछन् । उनका अनुसार यसरी राखिने गाडीबाट तस्करीदेखि अवैध लागुऔषध कारोबारको जोखिम छ । त्यस बाहेक दुर्घटना भइहालेमा ती गाडी भारत प्रवेश गर्दा यहाँ पाउनुपर्नेले उपचार र क्षतिपूर्ति पाउन नसक्ने समस्या उतिकै रहेको छ । स्थानीय प्रशासनले पछिल्लो समय यस्ता सवारीमा निगरानी बढाइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुबालका अनुसार मंगलबार मात्रै विराटनगर–४ नहरचौकबाट भारतीय नम्बर प्लेटको स्कार्पियो बरामद भएको छ । जसका चालक प्रहरीलाई देखेपछि आफैं भागेको दावी गरिएको छ । प्रहरीले बीआर ११ पीए ४२५४ नम्बरको सेतो महिन्द्रा स्कार्पियो नियन्त्रणमा लिएर भन्सार बुझाइएको हो । प्रहरी उपरीक्षक कटुबालका अनुसार भारतीय नम्बर प्लेटका गाडीको अस्थायी अनुमति लिएर नेपाल प्रवेश गरेपनि त्यस्ता गाडी यहिं राख्न मिल्दैन । त्यसलाई भन्सार ऐनले दिएकोअस्थायी पैठारी अनुमति दुरुपयोग मान्नुपर्नेहुन्छ ।

गत असोज ३१ गते विराटनगर–१४ का सुरेशकुमार यादवले प्रयोग गर्दै आउनु भएको बीआर ३८ एपी ८२८६ नम्बरको हुन्डाईको कार सशस्त्र प्रहरी बल सीमा सुरक्षा गण रानीले नियन्त्रणमा लिएको थियो । उक्त गाडीको चाबी भने धनीले नै लिएर फरार भएपछि दशदिनपछि मंगलबार मात्रै भन्सार दाखिला गरिएकोसशस्त्रका प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिएका छन् । नियन्त्रणमा लिदाँताका कुनै कागजात नभएको सवारीको पछि भन्सार सुविधा लिइएको थियो । यस अगाडी विराटनगर–१४ का ओम साहको घरबाट समेत दुइवटा भारतीय नम्बर प्लेट भएका गाडी सशस्त्रले नियन्त्रणमा लिएको थियो । बीआर ११ डब्लू ३३०७ नम्बरको महिन्द्रा स्कार्पियो र बीआर ०७ एई६५८४ नम्बरको केटीएम ड्युक ३९० सिसीको मोटरसाइकलको कागजात अहिलेसम्म सम्बन्धित धनीले भन्सार बुझाइएको छैन ।

असोज ३१ गते नियन्त्रणमा लिइएको बीआर ३८ एपी ८२८६ नम्बरको गाडी सुरेश कुमार यादव र उनका व्यापारिक पार्टनर सवनमले चलाउँदै आएका थिए । उनीहरुले आफ्नो गाडी नियन्त्रणमा लिनु सशस्त्रको बार्गेनिङ्ग भएको आरोप लगाएका छन् । खुल्ला सीमाक्षेत्रबाट अवैध चोरीपैठारी गर्दै आएका उनीहरुसँग सशस्त्रले चारलाख मागेको आरोप यादवले लगाएका छन् । मासिक एकलाख दिएर यस अगाडी लाइन चलाउँदै आएका उनीहरुसँग चारलाख मागिएको दावी छ । तर, त्यो नदिएपछि अहिले आफ्नो पिछा लागेको यादवले बताए । यादवले कहाँकहाँबाट लाइन चलाएर कति कति रकम लिन्छन् भन्ने तथ्यांक आफूसँग भएको समेत जिकीर गरेका छन् । उनले सत्ताको आडमा अहिलेको प्रशासनले विभिन्न समस्या सिर्जना गरिरहेको बताए ।

तर, यस विषयमा एसपी भण्डारीले भने गलत कुरा भएको भन्दै खण्डन गरेका छन् । उनले अहिलेसम्म १५ स्थानमा छापामारी गर्दा एक स्थानमा पनि आफूले कुनै व्यक्तिगत लेनदेनको काम नगरेको बताउँदै जति भएका कारवाही विभागिय भएको दावी गरेका छन् ।
औद्योगिक तथा व्यवसायिक प्रयोजनका लागि मालवस्तु बोकेर आउने सवारीको फर्कने निश्चित म्याद हुन्छ । तर, साना सवारी प्रयोगमा भइरहेको मनपरीमा अहिलेसम्म आँखा चिम्लने प्रवृत्ति देखिएको छ । यातायात कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार चालु आर्थिक वर्षकोतीन महिनामा मात्रै भारतीय र नेपाली गाडी समेतलाई रुट पर्मिट र पटके कर वापत २१ लाख ६४ हजार ८५० राजस्व संकलन भएको छ । यद्यपी यसमा भारतीय गाडीको संख्या यकिन हुने गरी तथ्यांक व्यवस्थापन भइनसकेको सापकोटाको भनाई छ ।

यातायात कार्यालयको तथ्यांकमा चालु आर्थिक वर्षको साउनमा बाइक १६ वटा, बस २२ वटा र १३३२ गरी १३७० ले अनुमति लिएका थिए । भदौमा १५ बाइक २० बस र ११३१ कारले अनुमति लिएका थिए । असोजमा १४ बाइक २८ बस र कार ११६१ वटाले अनुमति लिएका थिए । जसमा नेपाली बसले रुट पर्मिट लिनुपर्ने भएपनि बाँकी बाइक र कारको संख्या भारतीय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्