विराटनगर । विराटनगरको पुष्पलालचौको गहना पसलमा चोरी भएको छ । परी गहना हाउसका सञ्चालकले चोरी भएको भर्खरै जानकारी पाएपछि प्रहरीमा खबर गरेका थिए । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले घटना भएको सूचना प्राप्त भएपछि प्रहरी पठाइएको जानकारी दिएका छन् ।
घटनास्थलको अवस्था हेर्दा त्यहाँ राखिएका गहनाहरु लगिएको देखिन्छ । यद्यपी के कति मूल्य र कस्ता वस्तु चोरी भए भन्ने कुराको यकिन गर्ने प्रारम्भिक कार्य प्रहरीले सुरु गरेको छ । थप विवरण आउने बाँकी रहेको छ ।