धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फो*टक पदार्थ भएको पुष्टि

<span class='c1'>धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद</span> <span class='c2'>वस्तु विस्फो*टक पदार्थ भएको पुष्टि</span>

सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट कात्तिक १० गते बरामद भएको शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरिएको सेतो ठोस पदार्थ बरामद भएको थियो। उक्त बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

बरामद गरिएको ४७ किलो शङ्कास्पद वस्तु परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी, काठमाडौं पठाइएको थियो । प्रयोगशालाको परीक्षण प्रतिवेदन अनुसार उक्त वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको उनले बताए ।

विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टअनुसार सो वस्तु न्यून विस्फोटक पदार्थ (गन पाउडर/कालो बारुद) रहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

विस्फोटक पदार्थसहित पक्राउ परेका मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशीमाथि यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो । अब भने उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी मुद्दामा कानुनी कारबाही अघाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

बरामद विस्फोटक पदार्थ र अन्य सामानको स्रोत तथा ओसारपसारमा संलग्न पक्षको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्