नेपाल पर्यटन बोर्डको सीईओका लागि विराटनगरका नोजल कोइराला सर्टलिस्टमा

<span class='c1'>नेपाल पर्यटन बोर्डको सीईओका लागि</span> <span class='c2'>विराटनगरका नोजल कोइराला सर्टलिस्टमा</span>

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विराटनगरका नोजल कोइरालासहित १६ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको संक्षिप्त सूचीमा मोरङका कोइराला पनि परेका हुन्। आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षण क्षेत्रमा सक्रिय रहँदै आएका कोइराला नेपालका विभिन्न पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिमा समेत संलग्न रहँदै आएका छन्।

पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा आफ्नो अनुभव र सक्रियताका कारण परिचित कोइरालाले अब नेपाल पर्यटन बोर्डको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

सर्टलिस्टमा परेका उम्मेदवारहरूले आगामी मंसिर १० गते शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी प्रस्तुतीकरण गर्नुपर्ने बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्