रड प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित भारतीय नागरिक पक्राउ

<span class='c1'>रड प्रहार गरी श्रीमानको हत्या गरेको</span> <span class='c2'>आरोपमा श्रीमतीसहित भारतीय नागरिक पक्राउ</span>

मोरङ जिल्लाको जहदा गाउँपालिका वडा नं. २ मोहनपुरमा रड प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले मृतकै श्रीमती र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार, गत कार्तिक २२ गते राति अन्दाजी ९:०० बजेको समयमा ४० वर्षीय बुधराम सोरेन मृत अवस्थामा फेला परेका थिए। प्रहरी चौकी मझारेबाट खटिएको टोलीले घटनास्थल सुरक्षित गरेपछि इलाका प्रहरी कार्यालय बुधनगर र रानीबाट प्रहरी निरीक्षक प्रविण घिमिरेको नेतृत्वमा गएको टोलीले सूक्ष्म अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा भारतको बिहार राज्य कटिहर जिल्ला बस्ने २७ वर्षीय सुनिल मिश्रलाई घटनास्थलनजिकै लुकिछिपी बसेको अवस्थामा तत्कालै पक्राउ गरिएको थियो।

त्यस्तै, घटना पश्चात् फरार रहेकी मृतकी श्रीमती ३५ वर्षीया कमली बास्केलाई खोजतलास गर्ने क्रममा धानबारीमा लुकिछिपी बसेको अवस्थामा आज बिहान अन्दाजी ७:०० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट मृतकलाई प्रहार गर्न प्रयोग गरिएको १ थान फलामको रडसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्