देउसी–भैलोमार्फत संस्कृति संरक्षणमा जुट्यो गौरादह–विराटनगर समाज

<span class='c1'>देउसी–भैलोमार्फत संस्कृति संरक्षणमा</span> <span class='c2'>जुट्यो गौरादह–विराटनगर समाज</span>

विराटनगर । गौरादह–विराटनगर सम्पर्क समाजले नेपालीहरूको महान् चाड तिहार अर्थात् दीपावलीको अवसरमा पहिलोपटक सामूहिक रूपमा भव्य देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ।

समाजले आफ्नो धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०८३ कात्तिक २३ गते विराटनगरको दूधफारामस्थित समाजका आजीवन सदस्य निशा गौतम तथा मुकेश बुढाथोकीको निवासमा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा समाजका कार्यसमिति सदस्य, सल्लाहकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै समाजमा आबद्ध दाजुभाइ तथा दिदीबहिनीबीच आपसी सद्भाव, भाइचारा र सामूहिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा उपस्थित सम्पूर्णप्रति समाज परिवारले धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने समाजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्