नेपाल संवत्ले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस् : मुख्यमन्त्री कार्की

<span class='c1'>नेपाल संवत्ले राष्ट्रिय एकता र समृद्धिको नयाँ</span> <span class='c2'>ऊर्जा प्रदान गरोस् : मुख्यमन्त्री कार्की</span>

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

नेपाल संवत् नेपालीको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त गराएर सुरु गरेको यस संवत्ले मानवता, समानता, सामाजिक न्याय र परोपकारको प्रेरणादायी सन्देश दिएको बताएका छन्।

मुख्यमन्त्री कार्कीले समाजमा विद्यमान आर्थिक तथा सामाजिक असमानता हटाउँदै सामूहिक हित, आपसी सहयोग र जनकल्याणलाई प्राथमिकता दिनुपर्ने सन्देश नेपाल संवत्ले दिएको उल्लेख गरेका छन्।

उनले विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानले कोशी प्रदेशलाई समृद्ध बनाएको बताएका छन्। हिमाल, पहाड र तराईको विविधतायुक्त प्रदेशमा बसोबास गर्ने विभिन्न समुदायका मौलिक पर्व, कला, साहित्य र परम्परा साझा सम्पत्ति तथा गौरव भएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्